उपमहानगरमा आगजनी साढे ३२ करोड बढी क्षति

 

सुनिता बिष्ट

हेटौंडा/भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा हेटौंडा उपमहानगरपालिकाको भवनदेखि वडा कार्यालयहरुसम्म आगजनी भयो । कर्मचारीको सवारीसाधनदेखि शवबाहनसम्म जल्यो । उपमहानगरपालिकामा रहेका हजारौं कागजपत्रमात्र होइन, सिंगो नगरको दस्ताबेज नै खरानीमा परिणत भयो ।

उपमहानगरपरिसरमा भर्खर निर्माण गरिएको सभाहलदेखि सरसफाइका सवारीसम्म आगजनी भयो । हेटौंडा उपमहानगरपालिका कार्यालयदेखि वडासमेतमा क्षति पुगेपछि भवनबाहेक ३२ करोड भन्दा बढी क्षति हुन पुगेको तथ्यांक सार्वजनिक गरिएको छ । उपमहानगरको संरचना तथा सवारीमा क्षति भएपछि क्षतिको विवरण संकलनका लागि नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले तयार गरेको क्षतिको विवरणअनुसार उपमहानगरपालिका कार्यालयमा भएका भौतिक सामग्रीको क्षतिदेखि सवारीसम्म गरी ३२ करोड ५० लाख ७० हजारबराबर क्षति भएको हो ।

कार्यदल संयोजक तिमल्सनाका अनुसार उपमहानगरपालिका, सेवाकेन्द्र तथा वडा कार्यालयहरुमा रहेका प्राविधिक सामान, फर्निचर, कम्प्युटरलगायत सामग्रीमा क्षति हु“दा ९ करोड ३९ लाख ४२ हजार ५ सय रुपिया“ क्षति भएको हो । भौतिक पूर्वाधारतर्फ, सवारीसाधनतर्फ, फर्निचर र उपकरणतर्फ गरी समग्रमा ३२ करोड ५० लाख ७० हजारबराबर सामग्री क्षति भएको उनले बताए ।

छानबिन समितिले सरोकारवालाहरुस“गको छलफल, स्थलगत् अवलोकन गरेर क्षतिको विवरण संकलन गरिएको बताइएको छ । तिमल्सिनाका अनुसार हेटौंडाको ११ र १५ नम्बर वडा कार्यालयमा सबभन्दा बढी क्षति पुगेको छ भने यहा“का सम्पूर्ण कागजातहरु नष्ट भएको छ । ३ र ४ नम्बर वडा कार्यालयका सामान बाहिर निकालेर आजगनी गरेका कारण भवन जोगिए पनि सम्पूर्ण कागजात र फर्निचर पूर्णरुपमा नष्ट भएको समितिको प्रतिवेदन छ ।

१० नम्बर र १९ नम्बर वडा कार्यालयमा आगजनी गरिए पनि आंशिकरुपमा क्षति पुगेका कारण कार्यसञ्चालन सुरु भइसकेको बताइएको छ । १३ र ६ नम्बर वडामा सामान्य क्षति पुगेको छ भने उपमहानगरपालिकामा रहेका ३ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको बताइएको छ । ४ नम्बर वडामा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रभित्र आगजनी गरेर सामानहरु तोडफोड भएको पाइएको समिति संयोजक तिमल्सिनाले बताए ।

उनका अनुसार १० नम्बर वडा र ३ नम्बर वडामा रहेको स्वास्थ्य संस्थामा पनि तोडफोड र आगजनी हु“दा लाखौंको क्षति पुगेको छ । उपमहानगरपालिकालाई केही समयअघिमात्र हस्तान्तरण भएको कृषि थोकबजारको प्रशासनिक भवनमा तोडफोड र आगजनी भएको प्रतिवेदनमा उल्लेख छ । उक्त भवनमा बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय थियो ।

उपमहानगरपालिकाको पूर्वाधार क्षेत्रमा १६ करोड ३७ लाख ८८ हजारबराबर क्षति भएको छानबिन समितिको प्रतिवेदन छ । यसबाहेक ठूलो क्षति सवारीसाधनमा भएको समितिले जनाएको छ । उपमहानगरपालिका र वडा कार्यालयहरुमा रहेका २५ वटा स्कुटर/मोटरसाइल र १८ वटा अन्य सवारीसाधनमा आगजनी भएको बताइएको छ । जसमा शवबाहन, सरसफाइ सवारी, ट्याक्टरदेखि नगरप्रहरीको सवारीसम्ममा आगजनी भएको पाइएको हो । सवारीसाधनतर्फ मात्र ६ करोड ७३ लाख ४० हजारबराबर क्षति भएको मूल्यांकन गरिएको बताइएको हो ।
सरकारी संरचनामा क्षति हु“दा सेवाप्रवाहमा समस्या भइरहेको जनप्रतिनिधिहरु बताउ“छन् । कार्यालयमा रहेका पुराना फाइलदेखि भुक्तानीका लागि राखिएको फाइलसमेत जल्दा नागरिकहरुलाई सेवाप्रवाहमा सकस भइरहेको उपमहानगरपालिका प्रवक्ता सबिन न्यौपाने बताउ“छन् । प्रदर्शनका क्रममा धेरै क्षति पुगेका केही वडाहरुले अझै पनि सेवा सुचारु गर्न सकेका छैनन् भने नगरपालिकामा भने अत्यावश्यक सेवाहरु आगजनी भएकै भवनबाट सुरु गरेको छ ।

स्वास्थ्य सेवा, प्रशासनिक सेवा, आर्थिक विकास महाशाखाबाट प्रवाह हुने कृषि, पशुपक्षी, उद्योग तथा सहकारी क्षेत्रलगायतको अत्यावश्यक सेवाप्रवाह भने आगलागी भएकै भवनबाट सुरु गरिएको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिए । उनका अनुसार अब भवनको जा“च गरेर बस्नयोग्य भए रंगरोगन गरेर सबै सेवा सोही भवनबाट सुचारु गर्ने र यदि रातो स्टिकर टा“सिए बैकल्पिक स्थान खोजी गरी सेवाप्रवाहलाई सहज बनाइनेछ ।
प्राविधिक परीक्षण सुरु

आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट क्षति पुगेका बागमती प्रदेशका सरकारी संरचनाको प्राविधिक परीक्षण सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र विज्ञ समूहको संयुक्त टोलीले हेटौंडास्थित मन्त्रालय, कार्यालय र निकायको अवस्था मूल्यांकन गरिरहेको छ । मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार काठमाडौंबाट आएका २ जना विशेषज्ञसहित प्राविधिक टोलीले आधुनिक उपकरण प्रयोग गरी भवनहरुको विस्तृत जा“च गरिरहेको छ । ॅयो केवल आ“खाले हेरेर गरिएको निरीक्षणमात्र होइन, करिब १५ वर्ष अनुभव भएका विज्ञहरुले उपकरणसहित परीक्षण गरिरहनुभएको छ । त्यसैले परिणामप्रति हामी आश्वस्त छौं,’ उनले भने ।

उनका अनुसार हालसम्म करिब ७० प्रतिशत् काम सकिएको छ र एक–दुई दिनमै क्षतिको यकिन विवरण तयार हुनेछ । पहिलो चरणमा हेटौंडाका मुख्य सरकारी भवनको निरीक्षण सकिएपछि टोली जिल्लास्थित प्रादेशिक कार्यालयमा पुग्नेछ । प्राविधिक टोलीको प्रतिवेदन एक हप्ताभित्र सचिवस्तरीय कार्यदलमा बुझाइनेछ । त्यसपछि कार्यदलले आवश्यक अध्ययन र नीतिगत् विषयहरु समेटेर मन्त्रिस्तरीय कार्यदललाई सिफारिस गर्ने सचिव मरहठ्ठाले जानकारी दिए ।

प्रतिवेदनमा प्राप्त सुझावका आधारमा संरचनागत् मर्मत (रेट्रोफिटिङ) तत्काल सुरु गरिने र सामान्य क्षतिको मर्मत १० देखि १५ दिनभित्र सम्पन्न हुने अनुमान गरिएको छ । पार्टिसन, बिजुलीबत्ती, एसीजस्ता गैरसंरचनागत् काम भने छुट्टै खरिद प्रक्रियामार्फत् अघि बढाइनेछ । सचिव मरहठ्ठाले प्राविधिक परीक्षण र 

पुनर्स्थापनापछि प्रदेश सरकारका कार्यालयहरु सुरक्षितरुपमा सञ्चालनमा आउने र भविष्यमा सम्भावित जोखिम न्यूनीकरण गर्न पनि प्रतिवेदन मार्गनिर्देशक हुने विश्वास व्यक्त गरे । Source: https://ehetaudasandesh.com/uncategorized/7945/


Comments